माओवादीले भन्यो- निजामती विधेयकमा नियोजित हेरफेर, ‘कोर टिम’ मा को-को थिए?

हिमाल प्रेस १८ असार २०८२ १३:१६
20
SHARES
माओवादीले भन्यो- निजामती विधेयकमा नियोजित हेरफेर, ‘कोर टिम’ मा को-को थिए?

काठमाडौँ- निजामती सेवा विधेयकमा जानाजान हेरफेर गरिएको भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा असावधानीले होइन, नियोजित रूपमा छेडछाड गरिएको दाबी गरे। ‘यो नजानेर भएको त्रुटि होइन,’ उनले भने, ‘विधेयक बिगार्ने ‘कोर टिम’ मा को-को थिए? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।’

पाण्डेले उपसमितिमा व्यापक छलफल गरेर तयार गरिएको मस्यौदामा अन्तिम चरणमा उल्टो अर्थ लाग्ने गरी संशोधन गरिएको बताए। ‘हामीले जे कुरा राखेका थियौं, त्यो विपरित ढंगले विधेयक पारित भयो,’ उनले भने,‘यस्तो विश्वासघातको स्थितिमा देश कसरी अघि बढ्छ?’

उनले समितिका सभापति रामहरि खतिवडाले अन्तिम मस्यौदा पढ्नै नदिएको बताए। ‘धेरैपटक माग्दा पनि पढ्न दिइएन,’ पाण्डेले भने। सांसद पाण्डेले विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानबारे पनि २७ जना सांसदबीच दुई वर्षको सहमति भइसकेको स्मरण गराउँदै अन्तिम मस्यौदामा कसरी फेरबदल भयो भन्नेबारे छानबिनको माग गरे।

उनको भनाइमा ‘अतिरिक्त सचिव’ सम्बन्धी प्रावधानमा भने समितिले सहमति गरेको जस्तो देखिए पनि कुलिङ पिरियडमा गरिएको हेरफेरले विधेयककै मर्म उल्लंघन भएको छ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनुपस्थित रहेकाले संसद्लाई हेपिएको पनि उनले टिप्पणी गरे।

प्रकाशित: १८ असार २०८२ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast