लुम्बिनी प्रदेशसभाको बैठक मध्याह्न १२ बजे : अवरोध गर्ने तयारीमा विपक्षी

हिमाल प्रेस १८ असार २०८२ ८:१७
22
SHARES
लुम्बिनी प्रदेशसभाको बैठक मध्याह्न १२ बजे : अवरोध गर्ने तयारीमा विपक्षी

बुटवल- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको सोह्रौँ बैठक बुधबार मध्याह्न १२ बजे बस्ने भएको छ। मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादीसहित चार दलले बहिष्कार गरे पनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी बेन्चमा राखेर बजेटमाथि छलफल गराइएको थियो।

बुधबार बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवं सोसँग सम्बन्धित निकायका शीर्षकहरुमाथि समूहीकृत छलफल हुने कार्यसूची रहेको प्रदेशसभाले जनाएको छ।

छलफलपछि उठेका प्रश्नहरुको विषयमा मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। बुधबार आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्ने सरकारको तयारी रहेको छ।

यसअघि मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरिएको थियो। छलफलमा सत्तापक्षकै सांसदहरुले बजेटमाथि असन्तुष्टि पोखेका थिए।

मंगलबार सभामुख तुलबहादुर घर्तीले संसदीय नियमविपरीत बैठक चलाएको विपक्षीहरुको आरोप छ। नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बुधबारको बैठक अवरोध गर्ने जनाइएको छ।

प्रकाशित: १८ असार २०८२ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast