काठमाडौँमा ‘ऊनको स्वीटर’ को ५१ दिने उत्सव

हिमाल प्रेस १५ असार २०८२ १५:०८
16
SHARES
काठमाडौँमा ‘ऊनको स्वीटर’ को ५१ दिने उत्सव

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’ ले शनिबार प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ। फिल्मले देशभरका करिब ४० वटा हलमा ५१ औँ दिन मनाएको हो। फिल्म गत वैशाख २६ देखि प्रदर्शन भएको हो। फिल्मले हालसम्म १० करोडमाथिको व्यापार गरेको टिमको दाबी छ।

नवीन चौहानको डेब्यु निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेललगायत कलाकारको अभिनय छ। यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने संगीतत निर्देशक कोविद बज्र हुन्।

नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र फिल्ममा समावेश संगीतले ‘ऊनको स्वीटर’ दर्शकहरूमाझ लोकप्रिय बनेको टिमको दाबी छ।

यसै सन्दर्भमा शनिबार काठमाडौँमा उत्सव कार्यक्रमको आयोजना गरिएको थियाे। कार्यक्रममा फिल्मका सम्पूर्ण टिम, देशभर रहेकाे हलका प्रतिनिधि, वितरक र पत्रकारहरूको उपस्थित थिए। कार्यक्रममा फिल्म युनिट, हलहरू, स्वदेशी तथा ओभरसिज वितरकहरूलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे।

निर्देशक चौहानले फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको भन्दै निर्देशक चाैहानले  सबै दर्शक, शुभचिन्तक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast