इजरायलद्वारा इरानको विमानस्थल र सरकारी संरचनामाथि आक्रमण

हिमाल प्रेस ९ असार २०८२ १९:४८
94
SHARES
इजरायलद्वारा इरानको विमानस्थल र सरकारी संरचनामाथि आक्रमण तस्बिर : एफपी

काठमाडौँ- इजरायलले इरानको राजधानी तेहरानमा रहेका प्रमुख सैन्य र सरकारी संरचनाहरूमा हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायलले इरानको एविन जेल र बासिज मुख्यालयमाथि आक्रमण गरेको जनाएको हो।

इरानी अधिकारीहरूले पनि एविन जेलमा क्षति भएको पुष्टि गरेका छन्।

इजरायलका रक्षामन्त्री इसराइल कात्जेले तेहरानमाथि भएको आक्रमणमा बासिज फोर्सको मुख्यालय र एविन जेललाई निशाना बनाइएको बताएका छन्। बासिज फोर्स इरानभित्र सरकारविरोधी गतिविधिहरू नियन्त्रणमा ल्याउने सुरक्षायन्त्रको रूपमा चिनिन्छ।

कात्जका अनुसार एविन जेलमा राजनीतिक बन्दीहरू तथा शासनका विरोधीलाई राखिन्छ र यसमा आक्रमण गरेर ‘इरानी शासनको उत्पीडनकारी सोचलाई चुनौती’ दिइएको छ।

इरानको न्यायपालिकाले पनि जेलमा मिसाइल आक्रमण भएको र केही भागमा क्षति पुगेको जनाएको छ।

इजरायली सेनाले विज्ञप्ति निकाले तेहरानस्थित सैन्य संरचनाहरूमा एकैपटक धेरै हवाई आक्रमण गरिएको जनाएको छ। इरानी सरकारी मिडियाले राजधानीमा विस्फोटको आवाज सुनिएको र सहरको आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको भिडियोहरू सार्वजनिक गरेका छन्।

यसअघि इजरायलले इरानका ६ वटा विमानस्थलहरूमा आत्रलमण गरेको दाबी गरिकेको छ। इजरायली सेनाका अनुसार ती आक्रमणमा १५ वटा विमान नष्ट गरिएको र धावनमार्गहरूमा क्षति पुगेको छ।

प्रकाशित: ९ असार २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast