शिक्षामन्त्रीलाई रमेशबाबुको काउन्टर- राजनीतिक दलले पुर्‍याएको क्षति कसले भर्छ?

हिमाल प्रेस ६ असार २०८२ १३:१० | Friday, June 20, 2025
शिक्षामन्त्रीलाई रमेशबाबुको काउन्टर- राजनीतिक दलले पुर्‍याएको क्षति कसले भर्छ?

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइमा परेको क्षति भरपाई गर्न आग्रह गरेपछि स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गरेका छन्।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्षसमेत रहेका भट्टराईले मन्त्री पन्तलाई जवाफ दिँदै लेखेका छन्, ‘विद्यार्थीको पढाईमा भएको क्षति त हामी शिक्षकले पूरा गर्न प्रतिबद्ध छौँ। यी राजनीतिक दलका नेताले गरेको क्षति पूरा गर्ने कि नगर्ने नि? छ नैतिक जवाफ शिक्षामन्त्रीज्यू?’

बिहीबार काठमाडौँमा आयोजित एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै शिक्षामन्त्री पन्तले सरकार शिक्षकका जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउँदै विद्यार्थी र अभिभावकको अपेक्षा शिक्षकले पूरा गर्नुपर्ने बताएका थिए।

उनले भनेका थिए, ‘तपाईंहरूका माग सरकारले पूरा गर्दै जाने र अभिभावक तथा विद्यार्थीका मागहरू अधुरै रहने अवस्था उत्पन्न हुनुहुँदैन। शिक्षक आन्दोलनको अवधिमा भएको पढाइको क्षति पूरा गरियोस्।’

प्रकाशित: ६ असार २०८२ १३:१० | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast