संसद्‌मा माओवादीले भन्यो- शिक्षा र निजामती विधेयक पारित गराउन सरकार गम्भीर छैन

हिमाल प्रेस ५ असार २०८२ १३:३२ | Thursday, June 19, 2025
संसद्‌मा माओवादीले भन्यो- शिक्षा र निजामती विधेयक पारित गराउन सरकार गम्भीर छैन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीय संसद्‌मा प्रस्तुत भएका विधेयक पारित गराउन सरकार गम्भीर नदेखिएको भन्दै संसद्‌मा   ध्यानाकर्षण गराएका छन्।

आजको संसद्‌ बैठकमा विशेष समय लिएर बाेल्दै उनले सरकारको कथन र व्यवहारमा अन्तर देखिएको टिप्पणी गरे। ‘सरकारले एकातिर बोल्ने गर्छ अर्कातिर व्यवहार देखाउँछ,’ पाण्डेले भने, ‘विधेयक पारित गराउन सरकारकै अनिच्छा देखिएको छ।’

उनले संघीय निजामती सेवा, विद्यालय शिक्षा र नागरिकता विधेयकहरू समयमै पारित गराउन प्रमुख प्रतिपक्षी दलहरूले पटकपटक आवाज उठाउँदै आए पनि ती विधेयक अझै अड्किनु सरकारको असंवेदनशीलता भएको बताए।

विशेषगरी संघीय निजामती सेवा विधेयकबारे बोल्दै पाण्डेले लामो समयको बहस र परामर्शपछि संसद्‌मा आएको विधेयक छिटो पारित गरी संघ र प्रदेश सरकारका कामकाजी संरचनामा रहेको अन्योल हटाउनुपर्नेमा जोड दिए।

‘निजामती विधेयकको टुंगो लगाएर संघीयता कार्यान्वयनमा स्पष्टता ल्याउन सरकार तत्पर देखिनुपर्छ’ पाण्डेले भने।

प्रकाशित: ५ असार २०८२ १३:३२ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast