दीपक मनाङे पदमुक्त

हिमाल प्रेस ४ असार २०८२ १९:१६ | Wednesday, June 18, 2025
दीपक मनाङे पदमुक्त

काठमाडौँ- ज्यानमार्ने उद्योग मुद्दामा दोषी ठहर भएका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरेको हो।

उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसदमा निर्वाचित भएको सर्वोच्चले ठहर गरेको छ।

गुरुङलाई सुरूको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको बुधबारदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय सुनाएको हो।

खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका गुरुङ अहिले कारागारमा छन्।

सर्वोच्च अदालतले उनलाई गत वर्ष कात्तिकमा मनाङेलाई ज्यानमार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरी दोषी ठहर गरेको थियो।

सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो।

तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। २०७५ पुस ६ गते उनलाई जेलमुक्त गर्न सर्वोच्चले नै आदेश दिएको थियो। सर्वोच्चको आदेशले छुटेका उनी सर्वोच्चकै आदेशले फेरि जेल पुगेका थिए।

अपराधको आवरणमा राजनीतिमा उदाएका मनाङे फेरि जेलमा

प्रकाशित: ४ असार २०८२ १९:१६ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast