मध्यरातमा कर्णालीमा आयो बजेट

हिमाल प्रेस २ असार २०८२ ७:०९ | Monday, June 16, 2025
मध्यरातमा कर्णालीमा आयो बजेट

काठमाडौँ- कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि बजेट भाषण राति १२ बज्नु केही समय अगाडिबाट सुरु भएको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो।

कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३।६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०।५५ प्रतिशत बजेट विनियोजन भएको छ।

यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १।८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३।९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताए।

प्रकाशित: २ असार २०८२ ७:०९ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast