शासन र निर्वाचन प्रणालीमा बहस हुन जरुरी छ : सभामुख

हिमाल प्रेस ३१ जेठ २०८२ १९:२७ | Saturday, June 14, 2025
शासन र निर्वाचन प्रणालीमा बहस हुन जरुरी छ : सभामुख सभामुख देवराज घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले मुलुकको शासन प्रणाली र निर्वाचन प्रणालीमा बहस हुन जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित नेपालमा निर्वाचन प्रणाली : तुलनात्मक अध्ययन पुस्तक लोकार्पण गर्दै सभामुख घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका विषयमा विभिन्न ढंगले टिप्पणीहरु हुँदै आएकाले संविधान संशोधनका क्रममा त्यसमा बहस गर्न जरुरी रहेको बताएका हुन्।

शासन प्रणालीमा अस्थिरता र अपेक्षा गरेका कुराहरु प्राप्त नभइरहँदा जनताले शासन गर्ने पद्धतिलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। उनले राजनीतिक दलहरूको भूमिकाको समस्या हो कि? प्रणालीको दोष हो भन्नेमा बढी विवेचना हुन जरुरी रहेको उल्लेख गरे।

त्यस्तै सभामुख घिमिरेले संघीय संसदलाई प्रभावकारी रुपमा अघि बढाउन देखिएका समस्याप्रति पनि छलफल गर्नुपर्ने बताए।

प्रकाशित: ३१ जेठ २०८२ १९:२७ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast