सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशमाथि उजुरी आह्वान

हिमाल प्रेस ३१ जेठ २०८२ १६:२१ | Saturday, June 14, 2025
सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशमाथि उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रस्तावित सर्वोच्च अदालतका तीनै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

समितिले १० दिनभित्र आह्वान गरिएको उजुरीमाथि छानविन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाई गर्नेछ। संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधिशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। बैठकमा समिति सदस्यहरुले न्यायपरिषद्का सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए।

प्रकाशित: ३१ जेठ २०८२ १६:२१ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast