वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : मधेशको लगातार दोश्रो जित

हिमाल प्रेस २१ जेठ २०८२ १५:२५
14
SHARES
वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : मधेशको लगातार दोश्रो जित

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अभय यादवको कसिलो बलिङको मद्तमा मधेश प्रदेशले लगातार दोश्रो जित निकालेको छ।

८ दशमलव २ ओभर बलिङ गरेका अभयले २ दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिएर गण्डकीको ७ विकेट निकाल्दै टोलीलाई दोश्रो जितसँगै थप २ अंक दिलाए।

अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवाती क्रममा तीन जनालाई ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आफ्नो शिकार बनाए।

‘प्लेयर अफ दि म्याच’ घोषित अभयको बलिङको फन्दामा परेर २५ रन जोड्दाको अवस्थामा शुरुवाती क्रमका तीन महत्वपूर्ण ब्याटर गुमाएको गण्डकीका अरु ब्याटरलाईपनि अभयले खुलेर खेल्ने मौका नै दिएनन्।

पाँचौ नम्बरमा आएका भुवन भट्टराई जम्मा ३ रनको व्यक्तिगत स्कोरमा एल.बी.डब्ल्यूको धरापमा पारेका अभयले अनिष राउतलाई ९ रनमा स्टम्प्ड गराए भने राज परियारलाई ५ तथा रिदम पाण्डेलाई ५ रनमा आफ्नै बलिंगमा क्याच समाएर पवेलियन फर्काए।

१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा १ सय ४ रनमा सीमित भयो। जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कँडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोडेका थिए।

१ सय ५ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको मधेशले जितका लागि धेरै संघर्ष गर्नपरेन। मधेशले जम्मा १४ दशमलव १ ओभरमा ५ विकेट सुरक्षित राख्दै जित निश्चित गर्‍यो।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा १५ बलमा २५ रनको बलियो आधार तयार पारेर आउट भएका सुशान्त सिंहको स्कोरमा शेख अरमानको २३, माहि यादवको १३ र नुमैर यादवको १० रनको योगदान मधेशको जीतका लागि पर्याप्त भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast