पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

हिमाल प्रेस १९ जेठ २०८२ १५:२९
10
SHARES
पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ– १० दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन्।

एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्यान्डिङ संस्थाद्धारा आयोजित कार्यक्रममा सहभागी हुन गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी सोमबार नेपाल फर्किएकी हुन्।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन्।

चिनको १० दिने भ्रमण समग्ररुपमा सफल रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए। नेपाल र चिनको पुरानो सम्वन्ध, लामो समयदेखिको मित्रतालाई अझै सुदृढ गर्ने, दुइ देश बीचका सामझदारी, सम्झौताहरुलाई पुर्नजागृत गर्ने सदभाव भ्रमणको रुपमा रहेको मन्त्री भण्डारीले बताए। छलफलका क्रममा चिनियाँ पक्षबाट सहमतिलाई कार्यान्वयन गर्ने खालको प्रतिबद्धता व्यक्त भएको मन्त्री भण्डारीले जानकारी दिए।

चाइनिज फर एसोसिएसन अफ इन्टरनेशनल अण्डरस्ट्याडिङ सस्थाद्धारा आयोजित कार्यक्रममा ६० देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नेपालका तर्फबाट पूर्वराष्ट्रपति विद्या भण्डारीले नेतृत्व भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायतको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast