फेवातालमा डुंगा दौड : फेवा हर्पन सहकारी र तालपारिको टिम प्रथम

हिमाल प्रेस १८ जेठ २०८२ २१:१६
12
SHARES
फेवातालमा डुंगा दौड : फेवा हर्पन सहकारी र तालपारिको टिम प्रथम

पोखरा- फेवातालमा आइतबार दोस्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताले समग्र पर्यटन प्रवर्द्धनमा  विकासका साथै ताल संरक्षणबारे सचेतना अभिवृद्धि गरेको आयोजकको भनाइ छ।

प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली प्रथम भयो। महिलातर्फ तालपारि ‘बी’ प्रथम भयो। पुरुषतर्फ वाराही डुंगाघाटले दोस्रो, स्वीमिङ पुल घाटले तेस्रो तथा फिस्टेलघाटले सान्त्वना स्थान हाँसिल गरे। यस्तै महिलातर्फ गौरीघाट दोस्रो, पहारीघाट तेस्रो र जलारी दिदीबहिनी समूह सान्त्वना भयो।

महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्। उनले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए। फेवा डुंगा व्यवसायी संगठन अध्यक्ष बलराम गिरीले फेवातालको विगत, वर्तमान अवस्थाको बारेमा अवगत गराउँदै तालको महत्त्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको प्रस्ट पारे। फेवातालमा सम्भावित घटनाबारे सचेतनामूलक जानकारी दिने कार्यक्रमको अर्को उद्देश्य रहेको गिरीको भनाइ थियो।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगतमा प्रचारप्रसार गर्ने तथा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाए। महिला सञ्जाल पोखरा-६ का अध्यक्ष बविता मल्लले यस्ता कार्यक्रमले पोखराको आर्थिक चलायमान बन्ने बताइन्।

प्रकाशित: १८ जेठ २०८२ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast