बजेट कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री

हिमाल प्रेस १७ जेठ २०८२ १५:२४ | Saturday, May 31, 2025
बजेट कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका छन्।

बजेटका सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम हँुदै गएकाले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका हुन्।

संविधान जारी भएपछि तीन वर्षको आर्थिक वृद्धिदर ७ दशमलब ५ प्रतिशत रहेको अनुभव रहेको उनले बताए। पौडेलले चालू आर्थिक वर्षमा पनि आर्थिक वृद्धिदर पाँच प्रतिशतका हाराहारीमा पुग्न सक्ने जिकिर गरे।

उनले बजेटले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गरेको पनि बताए। आगामी आर्थिक वर्षमा राजस्वको अनुमानको लक्ष्य हासिल हुने विश्वास रहेको भन्दै उनले आन्तरिक ऋण पनि वित्त आयोगको सीमाभन्दा पनि कम परिचालन गर्ने गरी बजेटमा उल्लेख गरिएको धारणा राखे। यसबाट सरकार अनावश्यक ऋणलाई प्रोत्साहन नगर्ने पक्षमा रहेको देखिएको उनको भनाइ छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भए पनि कतिपय विषयहरु अझै छुटेको बताए। खनिजजन्य र नदीजन्य पदार्थको उत्खनन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भए पनि टीडीएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुदाँ यसमा सहजीकरण आवश्यक रहेको उनले बताउ।

उनले नयाँ आर्थिक वर्षको बजेटबाट नतिजा ल्याउनको लागि र बजेट र मौद्रिक नीतिबीच तालमेलको आवश्यकतामा जोड दिए।

अध्यक्ष ढकालले नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक बृद्धि सम्भव रहेको समेत बताए।

प्रकाशित: १७ जेठ २०८२ १५:२४ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast