शिक्षामन्त्री भन्छन्- शिक्षा ऐन असार १५ अघि नै जारी गर्ने तयारीमा छौँ

हिमाल प्रेस १३ जेठ २०८२ १८:०४ | Tuesday, May 27, 2025
शिक्षामन्त्री भन्छन्- शिक्षा ऐन असार १५ अघि नै जारी गर्ने तयारीमा छौँ शिक्षामन्त्री रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा सरकार असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताएका हुन्।

उनले विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासंघसँग निरन्तर वार्तामा रहेको बताए। यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयक अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए।

प्रकाशित: १३ जेठ २०८२ १८:०४ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast