यर्सा संकलन गर्ने समूहबीच झडप, दुई राउन्ड हवाई फायर

हिमाल प्रेस १० जेठ २०८२ १८:०९ | Saturday, May 24, 2025
यर्सा संकलन गर्ने समूहबीच झडप, दुई राउन्ड हवाई फायर सांकेतिक तस्बिर

काठमाडौँ- यर्सा संकलन गर्ने क्रममा डोल्पामा दुई समूहबीच झडप भएको छ।

डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच शिनबार दिउँसो झडप भएको हो।

पूर्वी रुकुम मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका स्थानीयहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डीएसपी थापाका अनुसार सीमा इलाकाको विषयमा विवाद भई अन्दाजी ६ सयदेखि ७ सय जनाको संख्यामा रहेकाबीच झडप भएको हो।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले दुई राउन्ड  हवाई फायर गरेको उनले बताए।

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिए।

प्रकाशित: १० जेठ २०८२ १८:०९ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast