भेरी नदीमा बेपत्ता रनाको शव फेला

हिमाल प्रेस १० जेठ २०८२ १६:४९ | Saturday, May 24, 2025
भेरी नदीमा बेपत्ता रनाको शव फेला सांकेतिक तस्बिर

काठमाडौँ- भेरी नदीमा बेपत्ता भएका सुर्खेत गुर्भाकोट नगरपालिका–१० का प्रेमबहादुर रानाको शब भेटिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वेरी बाहिनीमुख्यालयबाट खटिएको टोलीले रानाको शव बरामद गरेको हो।

४४ वर्षीय राना गत बिहीबार भेरी नदीमा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा चार जना खोताखोर र सुरक्षा बेस घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली शनिबार बिहानबाट खोजी कार्यमा परिचालित भएका थिए।

रानाको शव शनिबार दिउँसो घटनास्थलनजिकबाट फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १० जेठ २०८२ १६:४९ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast