बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

हिमाल प्रेस २८ पुष २०७९ ७:३१ | Thursday, January 12, 2023
बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौँ- बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने पक्का भएको छ। गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन।

सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित: २८ पुष २०७९ ७:३१ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast