तीनकुने घटना : १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय

हिमाल प्रेस ९ जेठ २०८२ २०:०३ | Friday, May 23, 2025
तीनकुने घटना : १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए। उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए। झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो।

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो। त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरेको थियो। तर समय अभाव भएकाले दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ।

प्रकाशित: ९ जेठ २०८२ २०:०३ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast