चितवनमा बस र विद्युतीय कार ठोक्किँदा एकको मृत्यु, चालक नियन्त्रणमा

हिमाल प्रेस ९ जेठ २०८२ ७:०२
22
SHARES
चितवनमा बस र विद्युतीय कार ठोक्किँदा एकको मृत्यु, चालक नियन्त्रणमा

चितवन- खैरहनी नगरपालिका-२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका-८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ९ जेठ २०८२ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast