धनुषामा खस्यो ६२ प्रतिशत मत

हिमाल प्रेस ४ मंसिर २०७९ १८:११ | Sunday, November 20, 2022
धनुषामा खस्यो ६२ प्रतिशत मत फाइल तस्बिर

जनकपुरधाम– धनुषामा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६२ प्रतिशत मत खसेको छ। धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिए।

‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भएको छ,’ मुख्य निर्वाचन अधिकृत प्याकुरेलले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका थियौं।’ मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तयार राखिएकाले अब केहीबेरपछि ढुवानी गरिने भएको छ।’

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भएको थियो। यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्। जिल्लामा अतिसंवेदनशिल १९४, संवेदनशिल १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १८:११ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast