हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो : मन्त्री पाण्डे

हिमाल प्रेस ७ जेठ २०८२ १८:५३ | Wednesday, May 21, 2025
हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने उद्देश्यका साथ पर्यटन विधेयक २०८१ ल्याइएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताए।

पर्यटकीय क्षेत्रको प्रबद्र्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउन विधेयक ल्याइएको उनले बताए। उनले पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्रमैत्री व्यवस्था गरिने धारणा राखे।

मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रुपमा सम्पन्‍न नेपाल दुनियाँभरको आस्थाको केन्द्रको रुपमा रहेको भन्दै पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्ने उल्लेख गरे। नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उनले बताए। उनले क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै यसको नियमनमा ध्यान दिने बताए।

बैठकले पर्यटन विधेयक २०८१ माथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। त्यस्तै बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ।

प्रकाशित: ७ जेठ २०८२ १८:५३ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast