कास्की केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प

हिमाल प्रेस ६ जेठ २०८२ १४:५५ | Tuesday, May 20, 2025
कास्की केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ- नेपालमा आज दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १:५९ बजे कास्की जिल्लाको सिनुवा आसपास केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का कास्की लगायतका आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ। हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आइनसकेको केन्द्रले जनाएको छ।

केन्द्रले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचनामार्फत मात्रै जानकारी लिन अनुरोध गरेको छ।

प्रकाशित: ६ जेठ २०८२ १४:५५ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast