नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्छ : भाजपा नेता जोली

हिमाल प्रेस ५ जेठ २०८२ २१:४२ | Monday, May 19, 2025
नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्छ : भाजपा नेता जोली

काठमाडौँ–भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल–भारत सम्बन्ध’ विषयमा सोमबार काठमाडौँमा आयोजना गरेको छलफलमा उनले भारत र नेपालले मिलेर आफ्ना सिमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको बताए।

यस्ता केही समस्या भए पनि वार्ताका माध्यमबाट निरुपण गर्न सकिने उनको भनाइ थियो।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमार्फत ३२ हजार नेपालीले भारतको रक्षा गरिरहेका बताउँदै नेता जोलीले ‘छिमेक पहिले’ नीतिअन्तर्गत भारत सरकारले नेपालको समृद्धिलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बहुआयामिक नेपाल–भारत सम्बन्ध पारस्परिक हित र चासोमा केन्द्रित गर्न आवश्यक भएको विचार व्यक्त गर्दै यसलाई अझ प्रगाढ एवं सुदृढ बनाउनुपर्ने बताए।

पूर्वमन्त्री मीनेन्द्र रिजालले भारतको स्वतन्त्रता संग्राममा नेपालीले गरेको योगदानलाई नयाँदिल्लीले बिर्सननहुने भन्दै नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई अझ सघन तुल्याउनुपर्ने उल्लेख गरे।

उनले दुई देशबीचको सम्बन्ध रोटीबेटी नभइ ऊर्चा र पानीको सम्बन्ध भएको विचार व्यक्त गरे। प्रतिष्ठानका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै देशका जनस्तरका संस्था सक्रिय हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ जेठ २०८२ २१:४२ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast