कोशीको नीति तथा कार्यक्रम : जलवायु सम्मेलनदेखि कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ)

हिमाल प्रेस ५ जेठ २०८२ १९:१९
18
SHARES
कोशीको नीति तथा कार्यक्रम : जलवायु सम्मेलनदेखि कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ)

काठमाडौँ– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ।

सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रस्तुत नीति तथा कार्यक्रममा यसपटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु सम्मेलन आयोजना र सामाजिक सुधारसम्म केन्द्रित देखिएको छ।

कोशी प्रदेशसँग सम्बन्धित राष्ट्रपतिको जन्मस्थल र प्रधानमन्त्रीहरूको घरको संरक्षण गरिने कोशी सरकारको योजना छ। त्यस्तै आगामी वर्ष कोशी जलवायु सम्मेलन २०८२ आयोजना गरिने बताइएको छ। मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजमा प्रयोग गरिने तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य साक्षरतामा जोड दिइने कोशी प्रदेश प्रमुख परशुराम खापुङले उल्लेख गरे।

स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारासहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउनेदेखि प्रदेशप्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ।

भौतिक पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा एकल बिन्दु सेवाप्रवाह प्रणाली, पदमार्गमा आधारित पर्यटन विकास, कृषक सबैभन्दा अगाडि, म अघि बढ्छु जस्ता कार्यक्रमहरु समावेश गरिएको छ।

 

प्रकाशित: ५ जेठ २०८२ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast