राष्ट्रपति भण्डारीले गरिन् पाँडेको सालिकमा माल्यार्पण

हिमाल प्रेस २७ पुष २०७९ १६:५७ | Wednesday, January 11, 2023
राष्ट्रपति भण्डारीले गरिन् पाँडेको सालिकमा माल्यार्पण काठमाडौँ दहचोकस्थित कालु पाँडेको सालिक।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगी माल्यार्पण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शनसमेत गरेकी छन्। तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ। काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए। नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ।

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरेकी हुन्। १८१४ सालमा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए। सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छाअनुसार उनलाई गोरखा देखिने दहचोकमा सद्‍गत गरिएको थियो।

प्रकाशित: २७ पुष २०७९ १६:५७ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast