देखाइँदै ‘म अलप हुन चाहन्छु’

हिमाल प्रेस २७ पुष २०७९ १३:२२ | Wednesday, January 11, 2023
देखाइँदै ‘म अलप हुन चाहन्छु’

काठमाडौँ- मानवशास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु (इन टू द मिस्ट)’ प्रदर्शन हुने भएको छ।

माघ ४ मा विष्टको जन्मदिनको अवसरमा वृत्तचित्र देखाइनेछ। सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले विष्टको जीवनयात्रा समेटेको छ।

काठमाडौँ, सुन्धारा सीटीसी मलमा सीडीसी सिनेमामा वृत्तचित्र देखाइनेछ। ‘मुभी लभर्स’ले आयोजना गरेको विशेष सोमा वृत्तचित्र देखाइने भएको छ।

मानवशास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र रिसर्च प्रकाशित छन्। प्राज्ञिक व्यक्तित्व विष्टलाई कतिपयले ‘नेपाली मानवशास्त्रका पिता’ पनि भन्ने गर्छन्।

जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भए। रहस्यमयी तरिकाले अलप भएका विष्टसम्बन्धी अनेक धारणा व्याप्त छन्। उनको व्यापक खोजी भयो तर अहिलेसम्म उनलाई कसैले फेला पार्न सकेको छैन।

उनको प्रसिद्ध तथा विवादित किताब ‘फ्याटालिज्म एन्ड डेभलेपमेन्ट’ले नेपाली समाजमा बहस नै निम्त्याएको थियो। कसरी भाग्यवादले नेपाली समाजलाई पछाडि घिसारिरहेको छ भन्ने उनको तर्कमा धेरै सहमति र विमति जनाएका थिए। उनका  ‘पिपुल अफ नेपाल’, ‘रिपोर्ट फ्रम ल्हासा’लगायत किताब चर्चित छन्।

प्रकाशित: २७ पुष २०७९ १३:२२ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast