पोखराको पुम्दीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

हिमाल प्रेस ३१ वैशाख २०८२ १४:४२ | Wednesday, May 14, 2025
पोखराको पुम्दीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते पोखराको पुम्दीमा बुधबार दुर्घटना भएको बस।

पोखरा- पोखरा महानगरपालिका वडा २२, पुम्दीमा बस दुर्घटना भएको छ। पुम्दीकोटदेखि छोरेपाटनतर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको अधिकांश भारतीय पर्यटक बोकेको बस बुधबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो। बस सडकबाट तल खसेको छ।

बसमा करिब २५/२६ जना थिए। दुर्घटनामा २० जना जना घाइते छन्। तीमध्ये ५ जना गम्भीर घाइते रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

विश्व शान्ति स्तूप पार्किङभन्दा केही माथि दोस्रो घुम्तीमा बस दुर्घटना भएको हो। घाइतेको स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ १४:४२ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast