कार्यान्वयनयोग्य तथा नतिजामुखी बजेट आउँछ : अर्थमन्त्री

हिमाल प्रेस २७ वैशाख २०८२ १६:२१ | Saturday, May 10, 2025
कार्यान्वयनयोग्य तथा नतिजामुखी बजेट आउँछ : अर्थमन्त्री फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले योजना तथा कार्यक्रममा हेरफेर गर्दै आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका हुन्।

अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने समेत बताए। उनले अर्थतन्त्रका परिसूचकहरु सुधार हुँदै गए पनि विगतमा देखिएका स्रोत व्यवस्थापनका खाडललाई पुर्न केही समय लाग्ने उल्लेख गरे। बजेट प्रणालीलाई मार्गदर्शन गर्ने दस्तावेजका रुपमा रहेको संविधानका आधारमा आवश्यक नीति अवलम्बन गरिने उनको भनाइ छ।

त्यस्तै उनले सामाजिक सुरक्षाका नाममा ठूलो रकम खर्च हुने गरेकाले खर्च व्यवस्थापनको समस्या समाधान गर्नैपर्ने धारणा राखे।

उनले तीनै तहको सरकार रहेको अवस्थामा प्राथमिकिकरणका आधारमा आयोजना छुट्याउनुपर्ने बताए।

प्रकाशित: २७ वैशाख २०८२ १६:२१ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast