भारत-पाकिस्तान युद्ध : भारतले गर्‍यो २४ विमानस्थल बन्द (सूची)

हिमाल प्रेस २६ वैशाख २०८२ ७:४२
34
SHARES
भारत-पाकिस्तान युद्ध :  भारतले गर्‍यो २४ विमानस्थल बन्द (सूची) चण्डीगढ अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर।

नयाँ दिल्ली- भारत र पाकिस्तानबीचको युद्धका कारण भारतले बिहीबार २४ वटा विमानस्थल बन्द गरेको छ।

पाकिस्तानले भारत प्रशासित जम्मु सहरलगायतका भू-भागहरूमा ड्रोन र मिसाइल आक्रमण गरेपछि भारतले उच्च सतर्कता अपनाउँदै विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको हो।

दिल्ली विमानस्थलमा मात्र ९० भन्दा बढी उडानहरू रद्द भएका छन्। पाकिस्तानले भारतका २५ वटा ड्रोन खसालेको दाबी गरेको छ भने भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी आक्रमण रोकिएको जनाएको छ।

यस सैन्य गतिविधिका बीच पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा ४०–५० जना सैनिक मारिएको दाबी गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ।

बन्द गरिएका विमानस्थलहरूको सूची

(१) चण्डीगढ

(२)  श्रीनगर

(३)  अमृतसर

(४)  लुधियाना

(५)  भुन्टर

(६)  किशनगढ

(७)  पटियाला

(८)  शिमला

(९)  कांगडा-गग्गल

(१०)  बठिण्डा

(११)  जैसलमेर

(१२)  जोधपुर

(१३)  बीकानेर

(१४)  हलवारा

(१५)  पठानकोट

(१६)  जम्मू

(१७)  लेह

(१८)  मुन्द्रा

(१९)  जामनगर

(२०)  हिरासा (राजकोट)

(२१)  पोरबन्दर

(२२)  केशोद

(२३)  काण्डला

(२४)  भुज

प्रकाशित: २६ वैशाख २०८२ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast