नमुना विद्यालयको विवरण ७ दिनभित्र पेस गर्न केन्द्रको निर्देशन

हिमाल प्रेस २५ वैशाख २०८२ १४:४७ | Thursday, May 8, 2025
नमुना विद्यालयको विवरण ७ दिनभित्र पेस गर्न केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास केन्द्रले नमुना विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेका विद्यालयहरूलाई आवश्यक विवरण ७ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

विद्यालय निर्माण शाखाबाट जारी सूचनामा भनिएको छ, ‘नमुना विद्यालयका प्रतिवेदन तयारीका लागि यसअघि नै विवरण माग गरिएको थियो तर धेरै विद्यालयले अझै विवरण नपठाएको हुँदा संलग्न ढाँचाअनुसार आवश्यक विवरण ७ दिनभित्र पठाउनु पर्नेछ।’

निर्देशक हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचनामा विवरण [email protected] इमेलमार्फत पठाउन आग्रह गरिएको छ। यससँगै सबै शिक्षा विकास समन्वय एकाईहरूलाई पनि जानकारीका लागि बोधार्थ पठाइएको छ।

मन्त्रालयले नमूना विद्यालय कार्यक्रमअन्तर्गत भएका प्रगति, भौतिक पूर्वाधार, स्रोतसाधन र शैक्षिक उपलब्धिका आधारमा मूल्याङ्कनको तयारी गरिरहेको जनाइएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १४:४७ | Thursday, May 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast