फेवातालमा तीव्र हावाहुरी, डुंगा चलाइरहेका ८ जनाको उद्धार [तस्बिरहरू]

हिमाल प्रेस २२ वैशाख २०८२ १७:०९
28
SHARES
फेवातालमा तीव्र हावाहुरी, डुंगा चलाइरहेका ८ जनाको उद्धार [तस्बिरहरू] तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

पोखरा- तीव्र हावाहुरीका कारण फेवातालमा फसेका पर्यटकहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। पर्यटकले बोटिङ गरिरहेका बेला ठूलो हावाहुरी आएपछि उनीहरू संकटमा परेका थिए।

हावाहुरीका कारण तालमा फसेका अन्य पर्यटकको उद्धार जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बोटिङ गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका-५ बस्ने वर्ष २१ को रेशम थापा फेवातालमा डुबेका थिए। उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ।

तालमा कायाक बोटमा बोटिङ गरिरहेका १ जना र डुङामा बोटिङ गरिरहेका ६ जना गरी अन्य ७ जनाको सकुशल उद्धार गरिएको थापाले बताए।

प्रकाशित: २२ वैशाख २०८२ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast