
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदैछ। ३५ दिनसम्म शिक्षा उपसमितिले छलफल समापन गरेर टुंग्याएपछि विधेयक शिक्षा समितिमा पुन: छलफल हुन लागेको हो।
समिति बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्दैछ। उपसमिति भने विधेयकको प्रतिवेदन लेखनमा व्यस्त छ। एकजना उपसमिति सदस्यका अनुसार विधेयकमाथिको छलफल टुंग्याएर प्रतिवेदन लेखिँदैछ।
प्रकाशित: २२ वैशाख २०८२ ११:११
प्रतिक्रिया