पुलिस र इरानी टिम लायन्स भलिबलको फाइनल प्रवेश

हिमाल प्रेस २१ वैशाख २०८२ २०:१८
20
SHARES
पुलिस र इरानी टिम लायन्स भलिबलको फाइनल प्रवेश

पोखरा– नेपाल पुलिस क्लब र इरानी टिम पोखरामा जारी लायन्स भलिबल प्रतियोगिताको फाइनल पुगेका छन्।

पोखरा रंगशालामा आइतबार सेमिफाइनलमा विभागीय पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानी टिमसँग फाइनल प्रतिस्पर्धा सुनिश्चित गरेको हो।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सोमबार फाइनल हुनेछ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ।

दोस्रो सेमिफाइनल प्रतिस्पर्धामा पुलिसले एपीएफलाई २५–१७, २५–१८ र २५–१५ सेटमा हराएको हो।

त्यसअघि पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिम उपाधि नजिक पुगेको हो। पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले उत्कृष्ट पुनरागमन गर्दै क्रमशः २५–२०, २८–२६ र २६–२४ को नतिजा निकालेको हो।

प्रतियोगितामा विदेशबाट इरानी र भारतीय टिमसहित नेपालका तीन विभागीय टिम र घरेलु गण्डकी प्रदेश भलिबल टिमले भाग लिएका थिए।

प्रकाशित: २१ वैशाख २०८२ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast