
सुर्खेत – कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन वैशाख २८ बाट सुरु हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेश बैशाख २८ मा आव्हान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो।
प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ। जसका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तिब्रता दिएको छ।
मुख्यमन्त्रीको सचिवलायका अनुसार आइतबार बसेको बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय गरेको छ।
प्रकाशित: २१ वैशाख २०८२ १९:१४
प्रतिक्रिया