हिमालप्रेसकर्मी नेपाललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

हिमाल प्रेस २१ वैशाख २०८२ १७:४५
12
SHARES
हिमालप्रेसकर्मी नेपाललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

पोखरा- हिमालप्रेसकर्मी विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड प्रदान गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गरेको हो।

मञ्चले यही २६ वैशाखमा नवौँ पोखरा स्पोर्टस् अवार्ड-२०८१ समारोहमा उनलाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गर्नेछ। सो अवसरमा वर्ष खेलाडीसहित विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले जनाए।

मञ्चका पूर्वमहासचिव रहेका पत्रकार नेपाल दुई दशकदेखि पोखरामा निरन्तर क्रियाशील छन्। पाल्पाको रिब्दीकोट-७ मैनादीमा जन्मिएका उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन्।

यसअघि युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार-२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार-२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता-२०८०’ लगायतबाट पुरस्कार तथा सम्मान पाइसकेका छन्।

यसअघि उत्कृट खेल पत्रकारिता अवार्ड पत्रकार सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीलाई दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast