कोहलीले ६२ रन हिर्काउँदा आरसीबीको जित, २ रनले चुक्यो चेन्नई

हिमाल प्रेस २१ वैशाख २०८२ ६:४८
26
SHARES
कोहलीले ६२ रन हिर्काउँदा आरसीबीको जित, २ रनले चुक्यो चेन्नई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले चेन्नई सुपर किंग्सलाई हराएको छ। गएराति भएको खेलमा बेंगलुरुले चेन्नईलाई दुई रनले हराएको हो।

बेंगलुरुले दिएको २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाउँदा पनि टोलीको हार टार्न सकेनन्।

बेंगलरुका लुंगी इिन्डीजले तीन तथा कुर्नाल पाण्डेय र यश दयालले समान एक विकेट लिए।त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनायो।

बेंगलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए। चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए।

यो जीतसँगै बेंगलुरु ११ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा चेन्नई ४ अंकसहित तालिकाको पुछारमा छ। चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ। आईपीएल क्रिकेटमा आज बेलुका पञ्जाब किंग्स र लखनउ सुपर जायन्टस्बीच खेल हुनेछ।

प्रकाशित: २१ वैशाख २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast