अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थनी अल्बनिज दोस्रोपटक निर्वाचित

हिमाल प्रेस २० वैशाख २०८२ २०:१६ | Saturday, May 3, 2025
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थनी अल्बनिज दोस्रोपटक निर्वाचित अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थनी अल्बनिज। तस्बिर : एपी

काठमाडौँ- अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थनी अल्बनिज दोस्रोपटक आम निर्वाचनमा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा लेबर पार्टीका अल्बनिज दोस्रोपटक निर्वाचित भएका हुन्। चुनावमा लेबर पार्टी एक्लैले बहुमत हासिल गरेको छ। बहुमत हासिल भएपछि अल्बनिजले विना गठबन्धन सरकार बनाउने भएका छन्।

यो चुनावमा वर्तमान प्रधानमन्त्री अल्बनिज र विपक्षका नेता पिटर डटनबीच कडा टक्कर हुने ठानिएको थियो।

हार स्वीकार गर्दै डटनले अल्बनिजलाई बधाई दिएको बताएका छन्।

लिबरल–नेशनल गठबन्धनका उम्मेदवार डटन ब्रिसबेनमा डिक्सनको आफ्नो सिट लेबर पार्टीका अली फ्रान्ससँग हारेका छन्।

जितपछि अल्बनिजले भने,‘अस्ट्रेलियावासी, तपाईँको प्रधानमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो।’

मतदाताले अस्ट्रेलियाई मूल्य, निष्पक्षता, आकंक्षा र अवसरलाई मत दिएको उनले बताए।

लेबर पार्टीका नेता अल्बनिज सन् २०२२ देखि अस्ट्रेलियाका प्रधानमन्त्री छन्। उनी करिब ३० वर्षदेखि सांसद हुन्।

अस्ट्रेलियामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था छैन। त्यहाँका मतदाताले सांसदलाई निर्वाचित गराउनुपर्ने हुन्छ। सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीका नेता प्रधानमन्त्री बन्छन्।

प्रकाशित: २० वैशाख २०८२ २०:१६ | Saturday, May 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast