भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौँमा

हिमाल प्रेस १७ वैशाख २०८२ १०:३४
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौँमा

काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्। ३ दिने भ्रमणाका लागि चौथाईवाले काठमाडौँ आइपुगेका हुन्।

काठमाडौँमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

बुधवार बिहान काठमाडौँ आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ। उनी नेपाल भ्रमण आउनुको कारण भने खुलेको छैन। उनलाई नेपालकी परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणाले राखी बाधिदिएकी थिइन्।

आरजु केही दिनअघि मात्रै थाइल्यान्ड भ्रमण गरेर फर्किएका छन्। कूटनीतिकज्ञहरूका अनुसार नेपालमा राजनीतिक वृतमा चलखेल भइरहेका बेला विदेश भ्रमण आवतजावत बढिरहेको छ। केही दिनअघि मात्रै भारत भ्रमणमा गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार (हिजो) मात्रै नेपाल फर्किएका थिए।

उनले भारत भ्रमणका क्रममा पनि सत्तारुढ वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेका थिए। नेताहरूका अनुसार चौथाइवाले नेपाल आउनुलाई पनि चासोका साथ हेरिएको छ। चौथाइवाले भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीका निकटस्थ नेता समेत हुन्। वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको सम्बन्ध सुमधुर नबनेको बेला चौथाइवालेको भ्रमणले राजनीतिक भ्रमणलाई अर्थपूर्णरूपमा लिइएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast