कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ बजारमा

हिमाल प्रेस १६ वैशाख २०८२ १२:३९ | Tuesday, April 29, 2025
कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ बजारमा

काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ प्रकाशित भएको छ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

निबन्धसंग्रहमा आयु, जीवन, आकाश, विद्यार्थी, आँखा, कटुटुसकुञ्ज, नरक जाने रहर, फेसन, भूतलेखन, दर्शनको भोकलगायत ४० ओटा निबन्ध संकलित छ।

रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति रहेको समीक्षक तथा पत्रकार राजकुमार बानियाँले बताए। पुस्तकले निबन्धकाे विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको उनको भनाइ छ।

शिखा बुक्सले ‘रानीहार’ लाई पुस्तक घर मार्फत कार्यालय तथा घरसम्मको डेलिभरीको व्यवस्था गरेको छ।

पुस्तकको मूल्य ६७५ रुपियाँ छ। साहित्यकार गौतमको उपन्यास ‘अद्वैत’ ले २०८० सालमा पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार पाएको थियो।

प्रकाशित: १६ वैशाख २०८२ १२:३९ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast