चुनावी प्रक्रियामा थबाङ, खस्यो ३० प्रतिशत मत

हिमाल प्रेस ४ मंसिर २०७९ १५:४७ | Sunday, November 20, 2022
चुनावी प्रक्रियामा थबाङ, खस्यो ३० प्रतिशत मत फाइल तस्बिर

काठमाडौँ- रोल्पाको थबाङ गाउँपालिकामा दिउँसो साढे ३ बजेसम्म ३० प्रतिशत मत खसेको छ। यसअघिका आमनिर्वाचन सधैँ बहिष्कार गर्दै आएको थवाङ यसपटक निर्वाचन प्रक्रियामा सहभागी भएको हो।

थबाङले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि भाग लिएको थियो।

रोल्पाका मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालका अनुसार रोल्पा जिल्लाभर दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । उनले रोल्पाका अन्य स्थानीय तहको तुलनामा थबाङमा सहभागी कम भएको बताए।

प्रकाशित: ४ मंसिर २०७९ १५:४७ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast