आतंकवादविरूद्धको संघर्षमा नेपाल भारतसँग दृढतापूर्वक उभिएको छ : मन्त्री राणा

हिमाल प्रेस १३ वैशाख २०८२ १७:१५ | Saturday, April 26, 2025
आतंकवादविरूद्धको संघर्षमा नेपाल भारतसँग दृढतापूर्वक उभिएको छ : मन्त्री राणा परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ- नेपालले भारतको पहलगाममा हालै भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ।

काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहलगाम घटनाको निन्दा गरेकी हुन्।

मन्त्री राणाले आतंकवादविरूद्ध भारत सरकारको प्रयासलाई नेपालको पूर्ण समर्थन रहेको बताइन्।

‘नेपाल र भारतबीचको दीर्घकालीन मित्रता, साझा सांस्कृतिक सम्बन्ध र आपसी विश्वासको भावनाअनुरूप आतंकवादविरूद्ध भारत सरकारको प्रयासलाई नेपालको पूर्ण समर्थन छ,’ उनले भनिन्।

राणाले नेपाल शान्ति, स्थायित्व र मानवअधिकारप्रति प्रतिबद्ध रहेको र सम्पूर्ण प्रकारका आतंकवादी गतिविधिहरूको विपक्षमा रहेको प्रस्ट पारिन्।

उनले भनिन्,‘नेपाल, शान्ति, स्थायित्व र मानवअधिकारप्रति प्रतिबद्ध छ र सम्पूर्ण प्रकारका आतंकवादी गतिविधिहरूको कडा शब्दमा निन्दा गर्दछ।’

आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानको शव तत्काल नेपाल ल्याउन भारत सरकारले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरिन्।

प्रकाशित: १३ वैशाख २०८२ १७:१५ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast