प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी। फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन वार्ता भएको छ। ओलीले मोदीलाई फोन गरेर भारतको जम्मु कस्मिरमा मंगलबार भएको आतंकवादी हमलाको कडा निन्दा गरेको भारतीय दूतावासले जनाएको छ।
ओलीले आक्रमणमा जीवन गुमाएका नागरिकप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गरेका थिए। मोदीले क्रूर आतंकवादी आक्रमणका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको बताएको दूतावासले जनाएको छ।
जम्मु कस्मिरको पहलगामस्थित पर्यटकीय क्षेत्रमा भएको आक्रमणमा २७ जनाको ज्यान गएको छ।
प्रकाशित: १० वैशाख २०८२ १६:५०
प्रतिक्रिया



