कांग्रेस र एमालेलाई सहमतिबाट दायाँबायाँ हुने छुट छैन : खड्का

हिमाल प्रेस १० वैशाख २०८२ १६:३३
12
SHARES
कांग्रेस र एमालेलाई सहमतिबाट दायाँबायाँ हुने छुट  छैन : खड्का

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काग्रेस–एमालेबीच भएको सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया छिटो सुरु गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै खड्काले संविधान संशोधनको काम अघि बढाउन ढिला भएको भन्दै दुईदलहरूबीच भएको सहमतिअनुसार यसलाई छिटो अघि बढाउनुपर्ने बताएका हुन्।

सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर संशोधनको आधार तयार गर्नुुपर्ने उनले बताए। त्यसैका आधारमा अन्य दलहरुसंग छलफल गरेर सुझावका आधारमा संविधानलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

उनले संविधानमा भएको अधिकारलाई घटाउने गरि नभइ बढाउने गरि संशोधनको बहस हुनुपर्ने बताए। खड्काले सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्ने भन्दै दुई दलबीच भएको सहमति दायाँबायाँ नहुने स्पष्ट पारे।

उनले आम नागरिकको भावनालाई बुझेर असन्तुष्टिहरुलाई अभिव्यक्ति तथा निर्णयका मार्फत सम्बोधन गर्नुपर्ने समेत बताए।

प्रकाशित: १० वैशाख २०८२ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast