काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षामन्त्रीका रूपमा विभिन्न नेताहरूका नाम आइरहेका छन्। स्वास्थ्यका कारण देखाउँदै भट्टराईले राजीनामा दिएका कारण एमालेको कोटाबाट शिक्षामन्त्रीको को बन्ला चासोको विषय छ।
कतिपयले राष्ट्रियसभाकी मनोनीत सदस्य अञ्जान शाक्यलाई भाबी शिक्षामन्त्रीको कुरा उठाइरहेका छन्। उनले यो भनाइको खण्डन गरेकी छन्।
शाक्यले सामाजिक सञ्जालमार्फत ती भनाइ झूटो भएको भन्दै आपत्ति जनाएकी छन्। उनले आफूलाई शिक्षा मन्त्रालयका विषयमा जानकारी, रुचि र विज्ञतासमेत नभएको प्रस्ट पारेकी छन्।
प्रकाशित: ९ वैशाख २०८२ ९:०७ | Tuesday, April 22, 2025
प्रतिक्रिया





