परराष्ट्रमन्त्री डा आरजु राणा बैंकक जाँदै

हिमाल प्रेस ७ वैशाख २०८२ ८:३७ | Sunday, April 20, 2025
परराष्ट्रमन्त्री डा आरजु राणा बैंकक जाँदै फाइल तस्बिर।

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन्।

२१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उनी बैंकक जान लागेकी हुन्।

‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन्।

नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ वैशाख २०८२ ८:३७ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast