
काठमाडौँ- प्रहरीले सुनसरीबाट लागुऔषध गाँजासहित कार नियन्त्रणमा लिएको छ।
सुनसरीबाट मोरङ बुढीगंगातर्फ जाँदै गरेको बा ७ च ९२६३ नम्बरको कारलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले पिछा गरेर कारलाई दुहबी नगरपालिका–४ मालहट्टीबाट कारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कारको डिकीबाट चारवटा जेब्रा झोलामा प्याक गरेर राखेको अवस्थामा ११६ केजी गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीले जनाएअनुसार बरामद कार र गाँजा इलाका प्रहरी कार्यालयमा ल्याएर चालकको खोजतलास भइरहेको छ।
प्रकाशित: ६ वैशाख २०८२ १७:२२
प्रतिक्रिया