धरानका मेयर हर्क साम्पाङविरूद्व जाहेरी दर्ता

हिमाल प्रेस ५ वैशाख २०८२ १९:०७ | Friday, April 18, 2025
धरानका मेयर हर्क साम्पाङविरूद्व जाहेरी दर्ता

इटहरी – सामुदायिक वनको रूख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङविरूद्व जाहेरी परेको छ। उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरू गरेको छ।

फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जंगलमा रूख काटेका थिए। मेसिन प्रयोग गरेर आफैँले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो।

चैत्र १९ गते मेसिन प्रयोग गरेर रूख काटेको जाहेरी डिभिजन वन कार्यालय सुनसरीमा परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेशकुमार साह संयोजक छन्।

यस्तै, पञ्चकन्या सबडिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फूलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०८२ १९:०७ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast