राष्ट्रिय परीक्षा बोर्डले भन्यो– कक्षा १२ को परीक्षा नियमित सञ्चालन हुन्छ

हिमाल प्रेस ५ वैशाख २०८२ १५:५१ | Friday, April 18, 2025
राष्ट्रिय परीक्षा बोर्डले भन्यो– कक्षा १२ को परीक्षा नियमित सञ्चालन हुन्छ

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। आगामी ११ गतेदेखि निर्धारण गरिएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन हुने बोर्डले जनाएको हो।

कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति ध्यानाकर्षण भएको बोर्डले जनाएको छ।

बोर्डले परीक्षासम्बन्धी आधिकारिक सूचना आफ्नो वेब साइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा पनि यहाँबाट प्रवाह हुने सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।

बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान्ड हस्ताक्षर राखेर अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बोर्डले जनाएको छ।

आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन बोर्डले विद्यार्थीहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: ५ वैशाख २०८२ १५:५१ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast