तनाबपछि वीरगन्ज शान्त

हिमाल प्रेस ४ वैशाख २०८२ १२:०६ | Thursday, April 17, 2025
तनाबपछि वीरगन्ज शान्त वीरगन्ज नाका

वीरगन्ज- हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच उत्पन्न तनाबपछि अस्तव्यस्त बनेको वीरगन्ज महानगर क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

स्थानीय प्रशासन, राजनीतिक दल, धार्मिक संघसंस्था, नागरिक समाज तथा नगरवासीहरूको सक्रिय सहयोग र सुझबुझपूर्ण भूमिकाका कारण वीरगन्जमा सामाजिक सद्भाव कायम हुन थालेको हो।

बुधबार बसेको सर्वदलीय बैठकमा उच्चपदस्थ व्यक्तित्व, वीरगन्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, उद्योग वाणिज्य संघलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नगरमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न आह्वान गरेका थिए।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पक्षको सहयोगप्रति आभार प्रकट गर्दै नगरको अवस्था सामान्यतातर्फ फर्किएको जानकारी दिए। उनले शान्तिसुरक्षा कायम गर्न भूमिका निर्वाह गर्ने सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गर्दै थप संयमित भई सद्भाव कायम राख्न आग्रह गरे।

प्रकाशित: ४ वैशाख २०८२ १२:०६ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast